देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्तर्राष्ट्रिय बाइक रेसिङमा थपालाई सफलता

देशान्तर

थाइल्यान्ड । थाइल्यान्डमा भइरहेको अन्तर्राष्ट्रिय बाइक रेसर च्याम्पियन्सिपमा नेपालको प्रतिनिधित्व गरेका विक्रम थापा एसियाका बाइक रेसरहरूमा आफूलाई १७ औं स्थानमा उभ्याउन सफल भएका छन् ।

थाइल्याण्डमा भएको सुजुकी एसिया ड्रिम कप बाइक रेसिङमा एसियाका २० प्रतियोगीहरूले भाग लिएका थिए । शनिबार भएको फाइनलमा थापा १४ औं स्थानमा पुगेर १७ औं पोजिसन हासिल गर्न सफल भएका हुन् ।

उनलाई साथ तथा हौसला दिनको लागि उनका बाबु कपिल देव थपा, आमा तथा केही सहकर्मीहरू पनि थाइल्यान्ड पुगेका थिए । आफ्नै निजी खर्चमा प्रतियोगितामा भाग लिएका थापा बाइक रेसिङमा यो स्थान हासिल गर्ने पहिलो नेपाली खेलाडी भएको दाबी गरिएको छ । 

 

]]>