देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर छली गरी नेपालतर्फ ल्याइँदै गरेको ४० हजार केजी दाल बरामद

देशान्तर

काठमाडौं । कर छली गर्दै सीमावर्ती भारतको खमिया गाउँबाट नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा ४० हजार केजी मासको दाल प्रहरीले समातेको छ । उक्त दाल ६ वटा भारतीय नम्बरको ट्र्याक्टरमा ल्याइरहेको अवस्थामा पर्सा जिल्लास्थित प्रहरी टोलीले सोमबार समातेको जनाइएको छ।

बरामद दाल करिब एक करोड रुपैंयाँको भएको प्रारम्भिक अनुमान छ । उक्त दाल १३ सयभन्दा बढी बोरामा छन् । विशेष सुराकीको आधारमा सोमबार विहान ४ बजे समातेको प्रहरीले जनाएको छ ।

पर्साका प्रहरी उपरीक्षक गोविन्द साहको नेतृत्वमा गएको टोलीले जिल्लाको जानकी नगर–९ बाट सो दाल पक्राउ गरेको हो। सो दाल कसले तस्करी गरी ल्याएको हो भन्ने खुलेको छैन । ‘हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने । समातिएको उक्त दाल छानबिन गरी भन्सार कार्यालयमा बुझाउने तयारी छ । 

]]>