देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहमतिमा संविधान संशोधन भए कार्यान्वयनमा सजिलोः महामन्त्री कोइराला

देशान्तर

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वर्तमान समस्या समाधान गर्न सबै दल एकजुट भई अघि बढ्नुपर्ने विचार व्यक्त गरेका छन् ।   सोमबारदेखि नवलपरासीको देवचुलीस्थित कालिका माध्यमिक विद्यालयमा सुरु भएको धनधान्याञ्चल महायज्ञको उद्घाटन गर्दै कोइरालाले यस्तो विचार राखेका हुन् ।  

कोइरालाले संविधान संशोधन कार्यमा सबै दलको सहमति आवश्यक भएको विचार राख्दै कोइरालाले सबै दलको सहमतिमा मात्रै संशोधन प्रस्ताव पारित भएमा कार्यान्वयनमा सजिलो हुने बताए ।  सरकारले ल्याएको संविधान संशोधनमा सबैको समस्या समाधान हुने बाटो खोज्नु पर्नेमा जोड दिँदै कोइरालाले सबै दलले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नु आवश्यक रहेको बताए ।  

सोमबारनै नवलपरासीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सरिक भएका कोइरालाले संविधान संशोधनका लागि अब चाँडै सहमति हुने विचार राखे । 

]]>