देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संसोधन प्रस्ताव विरुद्ध एमाले झन् उग्र बन्दै

देशान्तर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष शर्मा केपी ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको एमाले स्थायी समिति बैठकले संसदमा पेस भएको संविधान संशोधन विधेयकविरुद्धको आन्दोलनलाई देश व्यापी र थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

बैठकका बारेमा जानकारी दिँदै एमालेका उपाध्यक्ष वामदेव गौतमले सरकारले संविधान संशोधन प्रस्तावको विरोधमा शुरु भएको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय भएको बताए।

उनले अब आन्दोलन प्रदेशमा मात्र सिमित नरहने बताएका छन् । तराई मधेसमा पनि पार्टीले अलग्गै अभियान चलाउने र मधेसी जनताविरुद्ध भइरहेको षडयन्त्रको भण्डाफोर गर्ने निर्णय भएको उपाध्यक्ष गौतमले बताए। आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

]]>