देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुरमा मठ मन्दिर र सडक बत्तीको विद्युत् बक्यौता १७ करोड ३३ लाख

देशान्तर

भक्तपुर । नेपाल विद्युत् प्राधिकरणलाई भक्तपुर नगरपालिका, जिल्लाका विभिन्न सम्पदा र सडक बत्ती प्रयोग गरेबापत रु. १७ करोड ३३ लाख उठाउन बाँकीे रहेको छ ।

भक्तपुर नगरपालिका र गुठी संस्थानलाई बाँकी रहेको बक्यौता तिर्न पटकपटक पत्राचार गर्दा पनि कार्यालयले बेवास्ता गरेपछि वर्षौंदेखि रकम बढ्दै गएको विद्युत् प्राधिकरण भक्तपुर शाखाले जनाएको छ ।

प्राधिकरण भक्तपुर शाखाका प्रमुख विक्रम अमात्यका अनुसार जिल्लाका विभिन्न मठमन्दिरमा प्रयोग भएको विद्युत्बाट मात्र रु। दुई करोड ५३ लाख रुपैयाँ उठ्न बाँकी रहेको छ ।
जसअन्तर्गत चाँगुनारायण मन्दिरको रु १६ लाख ५१ हजार, बागेश्वरी रामलीला मन्दिरको रु दुई लाख २३ हजार, रामकृष्ण कोटी देवीको रु १० लाख ६९ हजार, दत्तात्रय गणेश मन्दिरको रु दुई लाख ७० हजार, च्वाङ गणेशको रु दुई लाख ७० हजारलगायत विभिन्न मन्दिरमा समेत प्रयोग भएको विद्युत्को महसुल उठ्न सकेका छैन ।

मठमन्दिर र सम्पदाको विद्युत् महसुल बुझाउन गुठी संस्थानलाई पटकपटक पत्राचार गरे पनि बेवास्ता गरेको प्रमुख अमात्यले बताए ।

त्यसैगरी भक्तपुर नगरपालिकाको रु पाँच करोड ९९ लाख विधुत् महसुल तिर्न बाँकी रहेको छ । २०५७ सालमा स्थानीय विकास मन्त्रालयले नगरपालिकाको महसुल बापतको रकम समायोजन गरेपछि नगरपालिकाले हालसम्म विद्युत् महसुल बुझाएको छैन । भक्तपुरमा सडक बत्तीबापत रु ६ करोड ९४ लाख उठन बाँकी रहेको जानकारी दिँदै उनले भने– कालोसूचीमा रहेको उपभोक्तासँग रु दुई करोड २० लाख बक्यौता उठ्न बाँकी रहेको छ ।

यता विद्युत् प्राधिकरण मध्यपुरथिमि शाखाअन्तर्गत भने सडक बत्तीअन्तर्गत रु तीन करोड ४९ लाख ४८ हजार बक्यौता सङ्कलन गर्न बाँकी रहेको सो शाखाले जानकारी दिएका छन् ।

]]>