देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेविसंघको नियमावली आचारसंहिता बनाउन समिति गठन

देशान्तर

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले सङ्घको नियमावली आचारसंहिता बनाउन अध्यक्ष नैनसिंह महरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

सङ्घको दुई दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नियमावली आचारसंहिता तीन दिनभित्र बनाउने निर्णय गरेको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । बैठकमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा जाने बारेमा समेत छलफल भएको छ ।

यस्तै प्रत्येक प्रदेशमा फागुनसम्म सङ्घको कार्यालय खोल्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, सङ्घको सदस्यता वितरण ६ महिनाभित्र बाँडिसक्ने, संविधान कार्यान्वयनका लागि दबाब अभियान सञ्चालन गर्नेबारे बैठकमा छलफल भएको भट्टले बताए ।

यसैगरी शैक्षिक सवालका बारेमा बहस अभियान सञ्चालन गरी विश्वविद्यालयमा ज्ञापनपत्र बुझाउने, विश्वविद्यालयका पदाधिकारी भागबन्डा नभई क्षमताका आधारमा चयन गर्न दबाब दिने, शिक्षा सुधार अभियान सञ्चालन गर्ने र विवादित जिल्ला र क्याम्पसमा केन्द्रीय प्रतिनिधि खटाई यथासक्य छिटो अधिवेशन गर्ने बारेमा समेत बैठकमा छलफल भएको छ ।

]]>