देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इन्धनको मूल्य घटेपछि हवाई भाडादर पनि घट्यो

देशान्तर

काठमाडौं । हवाई इन्धनमा प्रतिलिटर रु आठले कमी आएपछि विभिन्न गन्तव्यमा आन्तरिक उडानको हवाई भाडादर समायोजन गरिएको छ ।

बुधबारदेखि लागू हुने गरी गरिएको समायोजनअनुसार नयाँ हवाई भाडामा न्यूनतम रु ३५ देखि रु ३१० सम्म घटाएको हवाई सेवा सञ्चालक एसोसिएसनले जनाएको छ ।

काठमाडौँ–माउन्टेन उडानको भाडामा रु ३००, काठमाडौँ–भरतपुरको भाडामा रु १०५, काठमाडौँ–पोखराको भाडामा रु १३५, काठमाडौँ–विराटनगरको भाडामा रु १८५, काठमाडौँ–जनकपुरको भाडामा रु १२० र काठमाडौँ–भैरहवाको भाडामा रु १६५ ले समायोजन गरिएको हो ।

त्यसैगरी काठमाडौँ–धनगढी रु ३१०, काठमाडौँ–नेपालगञ्ज रु २३५, काठमाडौँ–भद्रपुर रु २२०, काठमाडौँ–तुम्लीङ्टार रु १६५, काठमाडौँ–सिमरा रु ९० र विराटनगर–तुम्लिङ्टारको भाडामा रु १०० घटाइएको छ ।

आन्तरिक उडानतर्फ नै सबैभन्दा कम रु ३५ ले डोटी–साँफेबगरको उडान भाडादर, पोखरा–जोमसोम रु ६५ ले र काठमाडौँ–लुक्ला रु ११० ले भाडामा समायोजन गरिएको हो ।

]]>