देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संशोधन विरुद्ध आन्दोलनमा लागेका व्यवसायीमाथि गोलि प्रहार

देशान्तर

भैरहवा । सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा व्यवसायी कुलप्रसाद न्यौपानेको गोली हानी हत्या प्रयास भएको छ । प्रदेश–५ टुक्र्याउने संविधान संशोधनको विरोधमा सिद्धार्थ उद्योग वाणिज्य संघको नेतृत्वमा भैरहवामा प्रदर्शन भएलगत्तै न्यौपानेमाथि गोली प्रहार गरी हत्या प्रयास भएको हो ।

मंगलबार साँझ सिद्धार्थनगर नगरपालिका–६ गल्लामन्डीस्थित आफ्नै घरमा रहेको पसलमा बसिरहेका न्यौपानेमाथि गोली प्रहार भएको हो । नजिकैबाट गोली प्रहार गरेको भए पनि गोली नलागेकाले न्यौपाने सकुशल रहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको सिपुवा–५ का वीरेन्द्र यादव रहेका छन् । यादवका साथबाट अत्याधुनिक पेस्तोलसहित दुई राउन्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । घटना भएको आधा घन्टाभित्रै अभियुक्त पक्राउ गर्न सफल भएको रूपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र धानुकले बताए । एसपी धानुकका अनुसार गोली प्रहार गर्ने यादवलाई लुम्बिनी रोड क्षेत्रबाट हतियारसहित पक्राउ गरिएको हो ।

व्यापारी न्यौपानेले आफू पसलमा पत्रिका पढेर बसिरहेका बेला अपरिचित व्यक्तिले नजिकैबाट गोली प्रहार गरेर भागेको तर गोली नलागेकाले सकुशल रहेको बताए । मोटरसाइकलमा आएका दुई व्यक्तिले पेस्तोल ताकेर गोली हानेको उनको भनाइ छ । न्यौपानेको दायाँ हातको ज्याकेटको बाउला छुँदै गोली लागेको थियो । गोली प्रहार गर्नुको कारण भने नखुलेका प्रहरीले जनाएको छ । तर, सिद्धार्थनगर उद्योग वाणिज्य संघले मंगलबार प्रदेश सीमांकन हेरफेर गर्न नहुने भन्दै विरोध र्याली निकालेको थियो । सो ¥यालीमा न्यौपानेले नेतृत्वदायी भूमिका खेलेका थिए । मधेससकेन्द्रित दलका केही नेताले र्याली ननिकाल्न उद्योग वाणिज्य संघका पदाधिकारीलाई धम्की दिए पनि अस्वीकार गर्दै प्रदर्शन गरिएको आजको राजधानी दैनिकमा समाचार छ ।

]]>