देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संशोधन प्रस्तावले सरकार सङ्कटमा– पर्यटनमन्त्री शाही

देशान्तर

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सरकार सङ्कटमा परेको बताएका छन् । 

नेपाली काँग्रेस कास्कीद्वारा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले संशोधन प्रस्तावको विषयले समस्या परेको बताए । 

“संशोधनले कमसेकम एउटा पक्ष खुसी बन्नु पथ्र्यो”, उनले भने– “संशोधनबाट आन्दोलनरत पक्ष पनि सन्तुष्ट छैनन्, सत्तारुढ दलकै कार्यकर्ता पनि असन्तुष्ट छन् ।” 

प्रदेश नं ५ मा देखिएको समस्यालाई सुधार हुनेसम्म सुधार गरी लैजानुपर्नेमा उनको जोड थियो । 

नेपाली काँग्रेसले समयसापेक्ष नेपाली जनताको भावनालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउँदै उनले पार्टीले गरेका राम्रा काम पनि प्रचार हुन नसकेको उल्लेख गरे । 

पोखरा विमानस्थलको निर्माण प्रक्रिया केही प्राविधिक कारणबाट ढिलो भए पनि काम अघि बढ्ने उनले बताए । 

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले काँग्रेस सरकारमा रहेको वर्तमान अवस्थामा जनतामुखी कार्यक्रमका साथ अघि बढ्नु आवश्यक भएको विचार व्यक्त गरे । 

कार्यक्रममा सांसदद्वय यज्ञबहादुर थापा, शारदा पौडेललगायत पार्टीका नेता तथा कार्यकर्ता सहभागी थिए।

]]>