देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वरिष्ठ पत्रकार मदन ढकालको निधन

देशान्तर

सुरुङ्गा (झापा) । झापाका वरिष्ठ पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । 

मधुमेह र मिर्गौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । एक वर्षअघिदेखि मधुमेह र मिर्गौला रोगबाट पीडित बनेका ढकाललाई गत बुधबार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो । २००९ जेठ १९ गते आइतबार अनारमनी–१ मा जन्मिएका ढकाल झापाका सफल साहित्यकार एवम् उपन्यासकारका रुपमा समेत परिचित थिए । 

स्व तुलसादेवी ढकाल र परशुराम ढकालका जेठा सुपुत्रका रुपमा जन्मिएका ढकालले २०२४ सालदेखि पत्रिकाको सम्पादन गर्ने काम गर्दै आएको र २०२८ सालदेखि शैक्षिक क्षेत्रमा प्रवेश गरेका उनले १९ वर्षसम्म अध्यापन समेत गराएका थिए । 

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका उनी नेपाल पत्रकार महासङ्घको केन्द्रीय पार्षद् हुन् । स्व ढकालका बुबा परशुराम, श्रीमती सावित्रा ढकाल, एक छोरा र चार छोरी छन् ।

]]>