देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वार्थवश सौर्य उर्जामा विदेशी लगानी

देशान्तर

काठमाडौं । वैदेशिक सहयोगको नाममा देशमा सञ्चालित विभिन्न गैरसरकारी संस्थाहरूले दीर्घकालीनरूपमा देशको अर्थतन्त्रलाई सहयोग गर्नेभन्दा पनि आफ्नै गोजी भर्नतिर ध्यान दिइरहेको पाइएको छ । गैरसरकारी संस्थाहरूले विदेशी सहयोगको नाममा आएको रकम घूमघाममात्र गर्ने गरेको तथ्य कतै पनि लुकेको छैन । तर संगठित रूपमा गरिबी उन्मूलन गर्ने भन्दै गठन भएका र क्रियाशील विकासे संस्थाहरू पनि गरिब देशलाई सहयोग गर्नेभन्दा पनि आफ्नै स्वार्थ पूरा गर्नेमै सक्रिय रहेको पाइएको छ । यसको एउटा उदाहरणको रूपमा लिन सकिन्छ सौर्य उर्जा उत्पादना विदेशी सहयोग । सौर्य उर्जा देशको हितमा भन्दा पनि उत्पादन गर्ने देशहरूको स्वार्थमात्र भएको कुरा कतैबाट लुकेको छैन । 

अहिले सोलारको नाममा पैसा खन्याउने त्यस्ता संस्थाहरूले कालान्तरमा सोलारको ब्याट्री व्यवस्थापन वातावरणीय हिसाबले जोखिमपूर्ण हुने भन्दै फेरि त्यसमा नै पैसा खन्याउनेमा दुई मत छैन । किनभने अहिले विकसित देशहरूले सोलारमा प्रयोग हुने ब्याट्री ठूलो चिन्ताको विषयको रूपमा उठाइरहेका छन् ।

 

]]>