देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्मचारी संगठनमा ओली–माधव लडाई

देशान्तर

काठमाडौं । नेकपा एमालेमा देखिएको अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल गुटको लडाइँ एमाले निकटको निजामती कर्मचारी संगठनमा समेत देखिएको छ । एमालेमा विद्यमान यही गुटबन्दीका कारण संगठनले निजामती कर्मचारीहरूको ट्रेड युनियनमा नेतृत्व पठाउन समेत ढिलाइ गरेको थियो । पार्टीको गुटबन्दी र ट्ेरड युनियनमा प्रतिनिधि पठाउँदाको असर अहिले निजामती कर्मचारी संगठनको दसौं महाधिवेशनमा देखिएको छ । 

संगठनको केन्द्रीय कमिटीको ७५ सदस्यमध्ये बहुमत पक्ष आधिकारिक ट्रेड युनियन अध्यक्षमा पुण्य ढकाललाई पठाउन नहुने पक्षमा थिए । तर पेसागत महासंघको मध्यस्थतामा बैठक बसी दसौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने सहमतिका साथ ढकाललाई ट्रेड युनियनको नेतृत्वमा पठाइयो । ढकाल केपी ओली पक्षधर हुन् । निजामती कर्मचारी संगठनमा माधव नेपाल पक्षधरको वर्चश्व भएकाले ढकाललाई अध्यक्षमा सिफारिस गर्न समस्या परेको थियो । यही कारणले एमाले निकट कर्मचारी संगठनले आफूले जितेका पद नै गुम्ने अवस्था आएपछि बल्लतल्ल अध्यक्ष, उपाध्यक्ष लगायतका प्रतिनिधि पठाइएको थियो । 

सो समयमा अर्थात् २०७३ असार ३१ मा मोहनकुमार घिमिरे नेतृत्वकै केन्द्रीय कमिटीलाई सर्वसम्मत चयन गर्ने सहमति भएको दाबी अहिले माधव नेपाल पक्षधरहरूले गरेका छन् । उक्त सहमतिमा ढकालले पहिलो हस्ताक्षर गरेको नेपाल पक्षको दाबी छ । तर अहिले निजामती कर्मचारी संगठनमा ओली पक्षले भने त्यस्तो सहमति नभएको भन्दै वरिष्ठ उपाध्यक्ष केदारसाद देवकोटालाई अध्यक्षमा अघि सारेको छ । यसका लागि ओली गुटको भेला भेला बोलाउन निजामती कर्मचारीहरूको आधिकारिक ट्ेरड युनियनका अध्यक्ष पुण्य ढकाल लागिपरेको बताइएको छ । 

सो संगठनको महाधिवेशन मंसिर २७ देखि २९ सम्म नेपालगन्जमा हुँदैछ । निजामती कर्मचारी संगठनका ९० प्रतिशत जिल्लामा सर्वसम्मत ढंंगले नेतृत्व चयन भएको बताइएको छ । त्यसैले अन्त्यमा देवकोटालाई सर्वसम्मत उम्मेदवार बनाउने वातावरण तयार पार्न ओली पक्ष सक्रिय देखिन्छ ।

 

]]>