देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहरी विकासमन्त्री मन्त्री केसी भारत प्रस्थान

देशान्तर

काठमाडौं । सहरी विकासमन्त्री अर्जुननरसिंह केसी भारत प्रस्थान गरेका छन्। भारतको राजधानी नयाँ दिल्लीमा यही मङ्सिर २९ देखि आगामी पुस १ गतेसम्म हुने एसिया प्रशान्त क्षेत्रका राष्ट्रहरुको सहरी विकास तथा आवाससम्बन्धी छैटौँ मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन मंगलवार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।

सम्मेलनमा भाग लिन भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री केसीले सम्मेलनमा नेपालको आवास नीति, सहरीकरणका अवस्था, समस्या, चुनौती र नेपालले अपनाएका रणनीतिबारे सदस्य राष्ट्रलाई जानकारी गराइने बताए।

मन्त्री केसीसँगै सहरी विकास मन्त्रालयका प्रवक्ता शिवहरि शर्मा र वरिष्ठ समाजशास्त्री पोष्टराज ढुङ्गाना छन् । सम्मेलनले एसिया प्रशान्त क्षेत्रका सहरी विकास तथा आवाससम्बन्धी दिगो रणनीतिसहित नयाँदिल्ली घोषणापत्र जारी गर्ने बताइएको छ । 

]]>