देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न

देशान्तर

बेसीसहर ।  पाँचौँ लमजुङ महोत्सवका अवसरमा राष्ट्रव्यापी खुला कविता प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन तथा नयाँ पुस्तालाई साहित्यमा आकर्षण गराउन खुला कविता प्रतियोगिता आयोजना गरिएको हो ।  बुधबार सम्पन्न प्रतियोगितामा पसगाउँकी सञ्जीवनी गुरुङ प्रथम, चण्डिस्थानकी सङ्गीता खत्री द्वितीय र चितवनकी यमुना न्यौपाने तृतीय भएका थिए ।  प्रतियोगितामा ३० जनाले सहभागिता जनाएका थिए ।  प्रतियोगितामा बेसीसहरकी अमृता असिम घिमिरे र पूर्णदेवी न्यौपानेले सान्त्वना स्थान हासिल गरेका छन् । विजेताले नगदसहितको पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथमलाई नगद रु १० हजार, द्वितीयलाई सात हजार, तृतीयलाई पाँच हजार र सान्त्वना हुनेलाई नगद दुई हजार पाँचसय रुपैयाँका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।  राष्ट्रिय गायनका रचनाकार प्रदीपकुमार राई (ब्याकुल माइला)को प्रमुख आतिथ्यमा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय गानका रचयिता ब्याकुल माइलाले महोत्सवले जिल्लाको कला, संस्कृति, पर्यटन र उद्योग–व्यापारको विकासका लागि सहयोग पु¥याएको बताए ।

उनले जहाँ मानव सभ्यता उच्च हुन्छ, त्यहाँ साहित्यको सम्मान हुने बताए । साहित्यको माध्यमबाट जिल्लाको विकासलाई प्रवद्र्धन गर्न खोजेको भन्दै बहुआयामिक उद्देश्यका साथ कार्यक्रम गरेको भन्दै उनले कार्यक्रमको प्रशंसासमेत गरे । उनले यस्ता साहित्यिक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।  जिल्लाको कला, संस्कृति र साहित्यको प्रवद्र्धन गर्न महोत्सवमा राष्ट्रव्यापी खुला कविता प्रतियोगिता राखिएको महोत्सव आयोजकले जनाएका छन् । 

]]>