देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्मचारी नहुँदा निकुन्जको काममा समस्या

देशान्तर

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा तल्लो स्तरका कर्मचारी नहुँदा काम गर्न समस्या परेको छ । विभागअन्तर्गतका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार आरक्ष र संरक्षित क्षेत्रमा तल्लो स्तरमा काम गर्ने कर्मचारी (गेम स्काउट) नहुँदा समस्या परेको हो ।  विभागका महानिर्देशक मनबहादुर खड्काले देशभर एकहजार एकसय १९ गेम स्काउट चाहिने भएपनि हाल तीनसय गेम स्काउट मात्र हुँदा काम गर्न समस्या हुने गरेको बताए ।

उनले भने–‘गेम स्काउट कम हुँदा दुर्लभ वन्यजन्तु तथा जडीबुटी चोरी हुने सम्भावना बढेको छ ।’ उनले संरक्षण क्षेत्रमा आठहजार नेपाली सेना खटाए पनि कर्मचारी नहुँदा काममा गाह्रो हुने गरेको स्पष्ट पारे ।

विभागले मानव र वन्यजन्तुबीच हुने द्वन्द्व कम गर्न विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्न लागेको छ जसका लागि मध्यवर्ती क्षेत्रका जनतामाझ वन्यजन्तुको आक्रमणबाट बच्न विभिन्न किसिमका सिकाइ सिकाइने भएको छ ।  यस्तै, वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेलाई हाल दिँदै आएको रु पाँच लाखलाई बढाएर रु १० लाख पु¥याउने गरी कार्यक्रम अगाडि बढाइएको महानिर्देशक खड्काले जानकारी दिए । 

]]>