देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन पुस पहिलो साता

देशान्तर

काठमाडौँ ।  स्थानीय तह पुनःसंरचना आयोगले पुस लागेपछि मात्र सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । पहिला मंसिरको दोश्रो साता प्रतिवेदन बुझाउने तयारी  गरेको आयोगले मंसिर अन्तिम हुँदै पुसको पहिलो साताको भाका सारेको हो । चैत वा वैशाखमा स्थानीय तहको निर्वाचनका लागि मङ्सिर मसान्तसम्ममा प्रतिवेदन बुझाउने तयारी आयोगले गरेको थियो ।

प्रदेश नम्बर २ का आठ जिल्लाबाट पुनःसंरचनाको खाका नआएको र अन्य केही प्राविधिक काम नसकिएका कारण पुस लागेपछि मात्र प्रतिवेदन बुझाइने सदस्य सचिव डा हरि पौडेलले जानकारी दिए ।

‘प्रदेश नम्बर २ का सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटबाट प्रतिवेदन नआए पनि त्यहाँबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरी अन्तिम प्रतिवेदन तयार पारिँदैछ, आइतबारसम्म कामसक्ने लक्ष्यसहित काम भइरहेको छ’– उनले भने । आयोगको म्याद माघसम्म भए पनि स्थानीय तह निर्वाचन पुनःसंरचनाअनुसार नै गर्न सरकारले छिटो प्रतिवेदन माग गरेको हो । 

]]>