देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुस ७ बाट नारायणगढ–मुग्लिन सडक दैनिक ४ घन्टा बन्द

देशान्तर

काठमाडौं । नारायणगढ–मुग्लिन सडक निर्माणका लागि पुस ७ गतेदेखि  प्रत्येक दिन चार घन्टा आवागमन बन्द गरिने भएको छ। सडक निर्माणलार्इ तीव्रता दिन बाटो बन्द गर्ने निर्णय गरिएको नारायणगढ (मुग्लिन सडक आयोजनाले जनाएको छ। आयोजनाका अनुसार प्रत्येक दिन ११ बजेदेखि ३ बजेसम्म यो सडकखण्ड बन्द हुनेछ। ठेक्का दिँदा २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता थियो तर भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेपछि चार महिना १५ दिन थप गरी २०७४  भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ।

यही समयभित्र निर्माणसक्न बाटो बन्द गरेर काम अघि बढाउने तयारी भएको आयोजनाले जनाएको छ। अहिलेसम्म करिब ४० प्रतिशत मात्रै काम भएको छ। सो सडकखण्डको ३२ किलोमिटरमध्ये १९ दशमलव ५ किलोमिटर क्षेत्रमा भित्तो काटेर सडक फराकिलो बनाउनुपर्नेछ। ‘अग्लो पहाड र साँघुरो सडक भएकाले गाडी नरोकी काम गर्न मिल्दैन,’ आयोजनाका एक इन्जिनियरले भने। ती इन्जिनियरका अनुसार पुसको दोस्रो साताबाट केही स्थानमा कालोपत्रे थालिँदै छ।

सो सडकको आँपटारी, रामनगर, दासढुङ्गा, घुमाउने लगायतका ठाउँमा कालोपत्रे हुनेछ। सडकको १६ किलोदेखि मुग्लिनसम्म ९ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदै छ। विश्व बैंकको रु २ अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो। एसियन हाइवेअन्तर्गतको एएच४टु खण्डअन्तर्गत नारायणगढ मुग्लिन सडकखण्ड पर्दछ। चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौंडा र वीरगन्जबाट भारतको मुज्जफरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो।

]]>