देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवाले बिर्से आफ्नै पार्टीको बिधान !

देशान्तर

काठमाडौं । आन्तरिक बिवादका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा बाँकी केन्द्रीय सदस्यहरुको मनोनयन र बिभागहरु गठन गर्न सकेका छैनन् । 

पार्टीको बिधानअनुसार पदाधिकारीका लागि निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्नुपर्नेछ भने ९ जना केन्द्रीय सदस्य पनि मनोनित गर्न बाँकी छ । साथै सभापति देउवाले ४२ वटा केन्द्रीय बिभाग गठन गर्न बाँकी छ । देउवाले यी सबै काम सभापति निर्वाचित भएको २ महिनाभित्रै गरिसक्नुपर्ने थियो ।

तर सभापति निर्वाचित भएको एक बर्ष पुग्नलाग्दा देउवाले आफ्नै पार्टी बिधान बिर्सेको भन्दै कांग्रेसभित्रै आलोचना हुन थालेको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार  छ ।

]]>