देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धादिङको भूमेस्थानमा जीप दूर्घटना, ३ जनाको मृत्यु

देशान्तर

मलेखु । धादिङ जिल्लाको भूमेस्थान–६ मा जीप दुर्घटना भई ३ जनाको मृत्यु भएको छ। लमजुङबाट काठमाडौं जाँदै गरेको स्कारपियो जीप आज विहान दूर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। 

बिहान ६ बजेतिर महादेववेंसी नजिकै कोइराले डाँडामा ग २ च ४५७२ नम्बरको जीप सडकबाट करीव सय मिटर तल खसेर दूर्घटना भएको जिल्ला ट्राफिक कार्यालय, धादिङले जनाएको छ। दूर्घटनामा चालकसहित दुई पुरुष र एक महिलाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा चालक लमजुङ, गाउँशहर- ६ का २५ बर्षीय माधव धिताल र लमजुङ, चण्डीस्थान- ७ का ३१ बर्षीय बिष्णुबहादुर राउत भएको बुझिएको छ। अर्की मृतकको पहिचान हुन बाँकी रहेको जिल्ला ट्राफिक, धादिङले जनाएको छ।

]]>