देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वमुस्ताङी राजा जिग्मे परवल विष्टको निधन

देशान्तर

काठमाडौं । पूर्वमुस्ताङी राजा जिग्मे परवल विष्टको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । काठमाडौंको बौद्धमा परिवारसहित बस्दै आएका ८४ वर्षीय विष्टलाई उच्च रक्तचापका साथै यूरिक एसिडको समस्या थियो ।  

२०६२/०६३ को जनआन्दोलनसम्म मुस्ताङको शासन सत्तामा शक्तिशाली रहेका उनी त्यसयता भने निस्क्रिय थिए । विष्ट उपल्लो मुस्ताङमा निकै लोकप्रिय थिए । आधा नेपाली र आधा तिब्बती भाषा बोल्ने पूर्वराजा विष्ट जनताका समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय, गरिब तथा बृद्धबृद्धालाई सम्मान गर्ने बानीका कारण उपल्लो मुस्ताङमा अझै लोकप्रिय बनेको बताइन्छ ।

उनीसँग अहिले पूर्वरानी सिटोल परवल विष्ट, पूर्वराजकुमार जिग्मे सिंङगी परवल विष्ट ९अशोक०, पूर्वराजकुमारी र नातानातिनी बस्दै आएका थिए । दरबारनिकट रहेर लामो समय सल्लाहकारको काम गरेका लोमान्थाङका इन्द्रधारा विष्टले पाँच वर्षदेखि प्रेसरको समस्या झेल्दै आएका पूर्वराजालाई पछिल्लो समय युरिक एसिड समेत थपेपछि समस्या भएको बताए ।

]]>