देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल प्रहरीमा बढुवाको जाम खुल्यो

देशान्तर

काठमाडौं । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय बीच मनमुटाव चुलिदा लामो समयदेखि अड्किएको प्रहरीको बढुवा प्रक्रिया अन्तत: अगाडि बढेको छ । नेपाल प्रहरीमा डीआईजी र एसएसपीहरूको बढुवा प्रक्रिया एकैसाथ अगाडि बढेको हो । गृह सचिवको नेतृत्वमा बसेको बढुवा सिफारिस समितिको बैठकले शुक्रबार नेपाल प्रहरीका तीनजना एसएसपीहरू डीआईजीमा बढुवाका लागि सिफारिसमा गरेको छ । एसएसपीहरू गणेश केसी, केदारमानसिंह भण्डारी र रमेश भट्टराईलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । 

आईजीपी उपेन्द्रकान्त अर्यालकै ब्याजी गोपाल भण्डारीले तीन महिना अघि अवकाश पाएपछि डीआईजीको एक पद खाली थियो । त्यसमा आकांक्षीहरू धेरै भएपछि बढुवा रोकिएको थियो । बढुवाका लागि गणेश केसी एक नम्बरमा थिए । पुस ५ गते डीआईजीहरू हेमन्त मल्ल र केशव अधिकारीले पनि पाँचवर्षे पदावधिका कारण अवकाश पाउँदै छन् । त्यसपछि तीनजना डीआईजी पद रिक्त हुनेछन् । रिक्त हुने पदहरूमा केसी, भण्डारी र भट्टराईलाई डीआईजी बढुवा गर्न सिफारिस गरिएको हो । यदि बढुवाका लागि केही दिन ढिला गरेको भए गणेश केसीसहित चारजना एसएसपीले ६ वर्षे पदावधिका कारण आगामी १५ गते अवकाश पाउँदै थिए । बढुवाको लागि सिफारिस भएको १५ दिनभित्र तीनैजनाले डीआईजीको फुली लगाउने छन् । बढुवा सिफारिसमा परेका तीनैजना एउटै ब्याजका हुन् । बढुवाकै दौडमा रहेका लव विष्ट भने सिफारिसमा नपरेर बाहिरिएका छन् । 

त्यसैगरी प्रहरीको बढुवा सिफारिस समितिले १५ जना डीएसपीलाई एसपीमा बढुवाको सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा सिफारिस समितिले रिक्त २१ मध्ये १५ पदमा मात्र बढुवाको सिफारिस गरेको हो । प्रधान कार्यालयले सार्वजनिक गरेको बढुवा सिफारिसमा परेका राजेन्द्रसिंह खड्का र योगबहादुर पाल राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका प्रहरी अधिकारी हुन् । 

समितिले राजेन्द्रकुमार थापाक्षेत्री, रामकुमार थापा, राजकुमार लम्साल, अनुरागकुमार द्विवेदी, चन्द्रकुवेर खापुंग, विद्यानन्द माझी, सानुकाजी लामिछाने, विपिनकुमार लामिछाने, विपिनकुमार कर्माचार्य, मधुसूदन लुइँटेल, डिल्लीराज पन्त, ध्रवराज राउत, मोहनप्रसाद पोख्रेल, राजेन्द्रसिंह खड्का, टीकाबहादुर केसी र योगबहादुर पाललाई एसपीका लागि सिफारिस गरेको हो । प्रहरीको बढुवा सिफारिस समितिले शुक्रबार नै एसएसपी गणेश केसी, केदारमानसिंह भण्डारी र रमेशकुमार भट्टराईलाई डीआईजीमा बढुवाको सिफारिस गरेको थियो । 

शुक्रबार नै प्राविधिकतर्फको स्वास्थ्य उपसमूहमा रिक्त सात एसपी पदका लागि डा.अभिमन्यु श्रेष्ठ,  दामोदर पौडेल, मनोजकुमार यादव,  विपिनकुमार श्रेष्ठ, सञ्जिता दाहाल, सुरज राना र दीपा न्हुच्छेप्रधानको नाम सिफारिस गरेको छ । स्वाथ्यमै प्यारामेडिक्स उप समूहका दुईजना डीएसपीलाई एसपीमा, नर्सिङ उपसमुहमा डीएसपी दिलकुमार गुरुङलाई एसपीमा र स्वास्थ्य उपसमूहको प्राविधिकतर्फको रिक्त एसपीको एक पदमा नबलकिशोर झाको बढुवाको सिफारिस भएको छ ।

 

]]>