देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अखिलमा गम्भीर विवाद, नेपाल पक्षको छुट्टै भेला

देशान्तर

काठमाडौं । नेकपा एमाले निकटको अनेरास्ववियुमा मातृ पार्टी एमालेमा देखिएको गुटगत विवाद फेरि सतहमा आएको छ । पार्टी नेताहरूले गुटगत विवाद नरहेको दाबी गरिरहे पनि भ्रातृ संगठनमा भने प्रत्यक्ष रूपमा पार्टीभित्रका अध्यक्ष केपी ओली पक्ष र नेता माधव नेपाल पक्षको गुटको विवाद सतहमा आएको हो । दुई पक्षका विद्यार्थीबीच संगठनको कार्य विभाजनमा लामो समयदेखि विवाद देखिँदै आएको थियो । यो विवाद मिलाउनका लागि पार्टी विद्यार्थी विभाग इन्चार्ज रवीन्द्र अधिकारीलाई जिम्मा दिए पनि मिल्न सकेको छैन । विवादका कारण नेता माधव नेपाल पक्षधर विद्यार्थी नेताले शुक्रबार उपत्यका स्तरीय कार्यकर्ता भेला आयोजना गर्दै कार्य विभाजनसहितको सर्कुलर जारी गरेका छन् । 

यसअघि मंसिर २८ गते अखिल महासचिव ऐन महरले कार्य विभाजनसहितको सर्कुलर जारी गरेका थिए । महरले एकपक्षीय रूपमा संगठन सञ्चालन गर्ने प्रयास गरेको, विधान उल्लंघन गरेको आरोप लगाउँदै माधव नेपाल पक्षले छुट्टै सर्कुलर जारी गरेको हो । संगठनलाई विधि र प्रक्रियाबाट सञ्चालन गर्नुको साटो विधान र बैठकका निर्णयका विरुद्ध महासचिवले एकलौटी रूपमा सर्कुलर जारी गरेपछि संगठनका हितमा आफूहरूले नयाँ सर्कुलर जारी गरेको नेपालपक्षीय विद्यार्थीको भेलामा अखिल सचिव सुदेश पराजुलीले जानकारी गराएका थिए । 
कार्यकर्ता भेलामा माधव नेपाल पक्षको प्रतिनिधित्व गर्ने सचिवालय सदस्य, केन्द्रीय सदस्य तथा अन्य कार्यकर्ताहरूको सहभागिता रहेको थियो । तीनजना सचिवहरूले हस्ताक्षर गरेको सर्कुलरमा कार्य विभाजनसमेत समेटिएको छ । हस्ताक्षर गर्ने सचिवहरूमा सचिवहरू सुदेश पराजुली, ओसिम आलम र आरती लामा छन् । तीनैजना पार्टी नेता नेपाल पक्षधर मानिन्छन् । 

अध्यक्ष नवीना लामाले सर्कुलर पठाउने महासचिव र समानान्तर सकुर्लर पठाउने सचिवहरू दुवै समूहको कार्यशैली गलत भएको टिप्पणी गरेकी छन् । लामा ओली पक्षधर भएपछि अध्यक्ष लामा र महासचिव महरका बीचमा कार्य विभाजनका विषयमा नै द्वन्द्व चल्दै आएको छ । लामाले संगठनमा विधि विधान मान्नेभन्दा पनि गुट र व्यक्ति हावी भएकाले समस्या भएको टिप्पणी गरिन् । 

 

]]>