देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारी जग्गामा एमाले मुख्यालय !

देशान्तर

काठमाडौं । सरकारको सम्पत्ति पार्टीकरण गर्न सिपालु नेकपा एमालेको धुम्बाराहीस्थित पार्टी कार्यालय भने शुक्रबारदेखि सरकारीकरण भएको छ । सरकारले २०५२ सालमा पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन निर्माणका धुम्बाराहीमा जग्गा दिएको थियो । उक्त जग्गामा बनेको प्रतिष्ठानको भवनमा भूकम्पपछि एमाले मुख्यालय सारिएको हो । तर, भूमिसुधार तथा व्यवस्था मन्त्रालयको पछिल्लो सूचनाअनुसार उक्त भवन रहेको जग्गा सरकारीकरण भएको छ । 

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले सरकारी जग्गा प्रयोग गरेका गैरसरकारी संघसंस्थालाई तीन महिनाभित्र जग्गा नवीकरण गर्न सूचना निकालेको थियो । उक्त अवधिभित्र नवीकरण नगरे जग्गा स्वत: सरकारीकरण हुने सूचनामा उल्लेख गरिएको थियो । सोहीबमोजिम पासाङ ल्हामु प्रतिष्ठानले जग्गा नवीकरण नगरेका कारण उक्त जग्गा स्वत: सरकारको नाममा गएको हो । भूमिसुधार मन्त्रालयले त्यसरी नवीकरण नगर्ने सबै जग्गा अब सरकारले उपभोग गर्ने जनाएको छ । 

भूमिसुधार मन्त्री विक्रम पाण्डेका अनुसार सरकारले दिएको तीन महिनाको समयसीमाभित्र जग्गा नवीकरण नगर्ने तथा एउटा प्रयोजनका लागि कुनै संस्थाले सरकारी जग्गा लिएर अर्को संस्थालाई भाडामा दिएको अवस्थामा सरकारले उक्त जग्गा जफत गर्ने बताउँदै आएका छन् । २०७२ सालको विनाशकारी भूकम्पले बल्खुस्थित पार्टी कार्यालयमा क्षति पुगेपछि एमालेले पासाङ ल्हामु प्रतिष्ठानको भवन पार्टी कार्यालयको रूपमा उपयोग गर्दै आएको छ । 

 

]]>