देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसका कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलन हुँदै

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको पहिलो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको संयोजनमा कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको प्रथम राष्ट्रिय सम्मेलन पुसको ८ र ९ गते हुन लागेको हो ।  नेपाली कांग्रेसका काठमाडौं जिल्ला कार्यसमितिका कोषाध्यक्ष एवं कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलनका संयोजक गोविन्द पुडासैनीका अनुसार दुईदिने सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले पुस ८ गते बिहान ८ बजे प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

दुईदिने सम्मेलनमा पार्टी सञ्चालनका लागि जिल्लामा स्रोतको व्यवस्थापन कसरी गर्ने, स्रोत जुटाउनका लागि कोषाध्यक्षले कस्ता समस्या भोग्नुपरेको छ जस्ता विषयमा छलफल हुनेछन् । यसका साथै पार्टीको संगठन निर्माण तथा स्थानीय निकायको निर्वाचन र देशभर भएको स्थानीय तहको पुनर्संरचनाका बारेका विषयमा छलफल हुने पुडासैनीले बताए । 

नेपाली कांग्रेसका संस्थापक सन्त नेता कृष्णप्रसाद भट्टराईको ९३ औं जन्मजयन्तीको अवसर पारेर जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्ने पुडासैनीले जानकारी दिए । जिल्लामा पार्टी सञ्चालनका लागि सधैं आर्थिक समस्या रहेको कोषाध्यक्षहरूको गुनासो रहने गरेकाले पार्टीको केन्द्रीय समितिले स्रोतको व्यवस्थापन गर्नका के गर्न सक्छ भन्ने विषयमा समेत छलफल गरिने बताइएको छ ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि मन्त्रीहरूबाट जिल्ला समितिले कसरी लेबी संकलन गर्न सकिन्छ भन्ने बारेमा पनि सम्मेलनमा छलफल हुने बताइएको छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तथा मन्त्रीहरूको लेबी संसदीय दलको कार्यालयबाट संकलन गर्ने व्यवस्था पार्टी केन्द्रीय समितिले गरिदिनुपर्ने समेत अधिकांश कोषाध्यक्षको माग रहेको छ । 

काठमाडौं कार्यसमितिका कोषाध्यक्ष एवं सम्मेलन आयोजक समितिका संयोजक पुडासैनीले यी सवै विषय समेटेर काठमाडौं घोषणापत्र जारी गरिने बताए ।

 

]]>