देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय दूतावासको शरणमा जीवनराम !

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पठाएको ताकेता पत्रपछि जेल जानुपर्ने त्रासले आतंकित भएका अवैधानिक ओलम्पिक कमिटीका जीवनराम श्रेष्ठसहितको टोली त्यसलाई निस्तेज पार्न भारतीय दूतावासको शरणमा पुगेका छन् । भारतको विरोध गरेर पछिल्लो समय राष्ट्रवादी साबित हुन खोजेका नेकपा एमालेका नेता तथा कार्यकर्ता यसरी दूतावासको शरणमा पुगेपछि पदका लागि यिनीहरू के समेत गर्न पछि पर्दैनन् भन्ने पुष्टि भएको छ । 

सर्वोच्च अदालतले फैसला कार्यान्वयनका लागि ताकेता पत्र गृह मन्त्रालयलाई पठाएपछि गृह मन्त्रालयले काठमाडौं र ललितपुरका सिडिओलाई बोलाएर तत्काल अवैधानिक ओलम्पिक कमिटीको काम कारबाही रोक्न निर्देशन दिएको थियो । अहिलेसम्म पनि राज्य संयन्त्रले सहयोग नगर्दा रुक्मशमशेर राणा अध्यक्ष रहेको ओलम्पिक कमिटीले काम गर्ने अवसर पाउन सकेको छैन । र सोही अनुरूप ललितपुरबाट प्रहरीको टोली सातदोबाटोस्थित ओलम्पिक कमिटीको कार्यालय पुगेर सो स्थललाई नियन्त्रणमा लिएको थियो । तर राति नै ललितपुरका सिडिओलाई विभिन्न स्थानबाट फोन गराउन जीवनराम श्रेष्ठ समूह सक्रिय भएको थियो । 

श्रेष्ठ समूहले यसबाट जोगिनका लागि पूर्वगृहमन्त्री वामदेव गौतम र अन्य एमालेका नेतालाई समेत गुहारे जसका कारण प्रहरीले नियन्त्रणमा लिएको सो स्थल बिहान छाडेको थियो । तर थप कार्यक्रम गर्न कठिनाइ हुने र साधारणसभासमेत स्थगन गर्नु परेका कारण जीवनराम श्रेष्ठ समूह स्थिति निस्तेज पार्न प्रयासरत नै थियो । यसै क्रममा उनीहरूले अन्त कतैबाट स्थिति सामान्य हुने नदेखेपछि भारतीय दूतावास गुहारेका थिए । भारतीय दूतावासमा सम्पर्क गर्नका लागि भारु कारोबारमा सक्रिय रहेको आरोप लाग्ने गरेका समिममिया अन्सारीलाई सूत्रका रूपमा जीवनराम श्रेष्ठ समूहले प्रयोग गरेको स्रोतले बतायो ।

उनीमार्फत भारतीय राजदूतसँग सम्पर्क गरेपछि स्थिति जीवनराम श्रेष्ठ समूहको पक्षमा पुगेको हो । त्यसपछिमात्रै नेपाल ओलम्पिक कमिटीकै ब्यानरमा बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा स्पोर्ट्स कंग्रेस नाम गरेको डलर पचाउने कार्यक्रम सञ्चालन गर्ने तयारीमा उनीहरू पुगेको स्रोतले बतायो । 

भारतीय दूतावासबाट कहाँकहाँ र कसरी फोन गयो त्यसको खोजी गर्नु आवश्यक रहेको खेलप्रेमीहरूले माग गरेका छन् । आफ्नो पद जोगाउनमात्र होइन सर्वोच्च अदालतको आदेशलाई समेत रद्दीको टोकरीमा हाल्न नेपालका नेता तथा कार्यकर्ताहरू यो हदसम्मको कार्य गर्न पछि नपरेपछि खेलको विकास कसरी सम्भव होला ? खेल विश्लेषकहरु प्रश्न गर्छन् । जे गरेर र जसरी भए पनि स्पोर्ट्स कंग्रेस आयोजना गर्नुपर्ने थियो जीवनराम श्रेष्ठ समूहलाई । किनकि त्यसका लागि विदेशबाट मोटो रकम आएको थियो ।

त्यसको बिल भर्पाई गराउनका लागि पनि कार्यक्रम गर्नु नै पर्ने थियो । त्यसका लागि उनीहरूले यो हदसम्मको दबाब दिन दूतावासहरूको समेत सहारा लिए । बाहिर भारतको विरोध गर्ने र भित्र यसरी लम्पसार पर्ने एमालेको यो द्वैत्र चरित्र यो घटनाक्रमले पनि पुष्टि गरेको छ ।  

 

]]>