देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लगानी सम्मेलनका बारेमा उद्योग मन्त्रीद्धारा राजदुतहरुसंग छलफल

देशान्तर

काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशीले अन्तराष्ट्रिय लगानी सम्मेलन र नेपालमा लगानीको वातवरणका बारेमा छलफल विभिन्न मुलुकका राजदुतहरुसंग छलफल गरेका छन् । विभिन्न मन्त्रालयका राजदुतहरुलाई संयुक्त रुपमा मन्त्रालयमा बोलाएर सरकारले गर्न लागेको अन्तराष्ट्रिय लगानी सम्मेलनमा आ–आफ्नो देशका लगानीकर्ताहरू समक्ष जानकारी गराई दिनका लागि आग्रह गरिएको थियो । 

मंगलबार उद्योगमन्त्री जोशीले आगामी फागुनको १९ र २० गते आयोजना गर्न लागेको नेपाल लगानी सम्मेलनमा सहभागी भइ नेपालको सम्भवाना र वातावरणका बारेमा अध्ययन गरी लगानी बढाउनका आह्वान गरेको मन्त्रालयले जनाएको छ । राजदुतहरुसंगको छलफलमा मन्त्री जोशीले राजनीतिक एवम् नीतिगत रुपमा नेपालमा लगानीका लागि कुनै समस्या नभएको बताउँदै नयाँ संविधान जारी भएसँगै मुलुकका सबै राजनीतिक दल आर्थिक विकासमा केन्द्रीत भएको भन्दै विश्वस्त पारेका थिए ।

मन्त्री जोशीले उद्योग मन्त्रालय अहिले कानुनीरुपमा लगानीकर्तालाई लगानी सुरक्षाको प्रत्याभूति दिलाउन तयार रहेको पनि राजदुतहरुलाई स्पष्ट पारे । त्यसका लागि कतिपय ऐन संसदबाट पारित भएको र कतिपय आउने क्रमममा रहेको जानकारी उनले गराएका थिए ।

बढीभन्दा बढी रोजगारी सिर्जना गर्नका लागि मन्त्रालयले उत्पादनमुलक उद्योगको स्थापनालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री जोशीले नेपाली र विदेशी लगानी कर्तामा कुनै भेदभाव नगरिने स्पष्ट पारे । मन्त्री जोशीले अन्तर मन्त्रालयबीचको समन्वयका लागि अहिले उद्योग मन्त्रालयको पहलमा नियमित रुपमा श्रम, भौतिक योजना तथा यातायात, सङ्घीय मामिला तथा स्थानीय विकास, वन, वातारण र कृषि विकासमन्त्रालयबीच सहकार्य गर्दै आएको स्पष्ट पारे ।

छलफलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क, जापान, सयुक्त राज्य अमेरिका, स्वीडेन, साउथ अफ्रिका, म्यानमार, न्युजल्यान्ड, थाइल्यान्ड, फिनल्यान्ड, चेक रिपब्लिकलगायले छलफलमा सहभागीता जनाए ।

]]>