देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनजाति महासंघको अध्यक्षमा कांग्रेस निकट जगत बराम विजयी

देशान्तर

चितवन । नेपाल आदीवासी जनजाति महासंघको अध्यक्षमा जगत बराम विजयी भएका छन् । राती अबेर भएको मतदानबाट जगत बराम ३१ मत ल्याएर विजयी भएका भएका हुन । उनका निकटतम प्रतिद्धन्दी सूर्य भुजेलले २३ मत पाएका छन् । उपाध्यक्षमा बराम समुहका किरण सुनुवार, गणेशलाल माझी, गोविन्द छन्त्याल, नवीन रोकामगर, लोकबहादुर दुरा, श्यामप्रसाद मण्डल, सोनाम लामा वालुंग र कृष्णकुमारी शेरचन विजयी भएका छन् ।

महासचिवमा पनि बराम समुह कै नित्यानन्द ताजपुरिया विजयी भए भने उनका निकटतम प्रतिद्धन्दी टासी ह्योल्मोले १५ मत पाएका थिए । सचिवमा आंग पासंग शेर्पा, गोपाल माझी, दानसिंह राउटे, राजकुमार बोटे, सुखबीर थामी, लाक्पा हिसे शेर्पा, शान्तिदेवी धिमाल, सुखमति राजबंशी, सोनाम लामा मुगाली र श्रृतीमाया कुमाल तथा कोषाध्यक्षमा मुकुन्दबहादुर पहारी विजयी भएका छन् ।

जनजाति महासंघमा नेपाली कांग्रेस माओवादी केन्द्र तथा संघीय समाजवादी फोरमका बीचमा गठनबन्धन बनाएर निर्वाचनमा गएका थिए । एमाले निकटहरु एक्लै चुनावी मैदानमा थिए । बराम कांग्रेस माओवादी केन्द्र फोरम मिलेर बनेको गठबन्धनका उमेदवार हुन भने भुजेल एमाले निकटको प्यानलका उमेदवार थिए ।

]]>