देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकमानको योग्यताबारे आज सर्वोच्चमा बहस

देशान्तर

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारविहीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको सो पदका लागि योग्यता नपुगेको भनी आरोपित विषयमा आज (बिहीबार) सर्वोच्च अदालतमा बहस हुँदैछ । अधिकारविहीन प्रमुख आयुक्तको योग्यता नपुगेको भनि दायर भएको रिट निवेदन खारेज भए तापनि त्यसलाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।

त्यसको पेसी आज बिहीबारलाई तोकिएको छ ।  सर्वोच्च अदालतले यो बिषयलाई दुवै पक्षका कानुन व्यवसायीले हटाउन नपाउने गरि आदेश जारी गरिसकेको छ । नेपाल बार एसोसिएसनले भने आज बिहीबार बार डे परेकाले मुद्दा हटाउन चाहेका कानुन व्यवसायीले निवेदन दिएमा सो निवेदनबमोजिम गर्न अनुरोध गर्दै सर्वोच्च अदालतलाई पत्र पठाएको छ ।

अधिकारविहीन अवस्थामा रहेका प्रमुख आयुक्त कार्की्विरुद्ध रिट निवेदन दायर गर्ने अधिवक्ता ओमप्रकाश अर्यालले नेपाल बारले त्यसरी पत्र पठाएको भएपनि नहटाउन आदेश भएका कारण उक्त विषयको छलफल नरोकिन सक्ने बताए । आजको समाचापत्र दैनिकमा खबर छ । 

 

]]>