देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालको आन्तरिक मामिलामा राजदूतहरु सक्रिय, सरकार असन्तुष्ट

देशान्तर

काठमाडौँ । सरकारले काठमाडौँ स्थित राष्ट्रसंघीय आवासीय प्रतिनिधिको संयोजनमा नेपालको आन्तरिक राजनीतिक मामिलाबारे यहाँस्थित विदेशी राजदूतले नियमित छलफल र टिप्पणी गर्ने तथा धारणा बनाउने जस्ता गतिविधि जस्ता गतिविधि जारी राखेकोमा राष्ट्रसंघीय प्रतिनिधिलाई सचेत गराएको छ ।

 सरकारले आन्तरिक राजनीतिक परिस्थितिबारे कुटनीतिक समुदयाले गरेको हालैको एक बैठकबारे राष्ट्रसंघीय प्रतिनिधिसँग अनौपचारिक ढंगले जानकारी मागेको हो । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले हालै राष्ट्रसंघीय आवासीय प्रतिनिधिसँग कुटनीतिक समुदायको उक्त बैठकबारे सोधपुछ गरेका थिए । गत डिसेम्बर ८ मा राष्ट्रसंघीय आवासीय प्रतिनिधि भ्यालेरी जुलियान्डले नेपाल स्थिति अमेरिका, बेलायत युरोपेली युनियन, चीन, जापान, डेनर्माक र जर्मनीसहतिका मुलुकका राजदूत तथा कुटनीतिक प्रतिनिधिसहितको बैठक डाकेको थियो ।

 कुटनीतिक समुदायको बैठकमा सरकारले दर्ता गराएको संविधान संशोधन विधयेकसँगै स्थानीय चुनावको विषयमा छलफल गरिएको थियो ।  नेपालको नितान्त आन्तरिक मामिलामा काठमाडौँ स्थित कुटनीतिक समुदायले पटकपटक छलफल गर्नु तथा त्यसबारे टिप्पण गर्नु गैरकुटनीतिक रहेको सरकारी अधिकारीहरुको भनाई छ । आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।

 

]]>