देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई हजार अधिकृत स्तरका कर्मचारी बिदामा

देशान्तर

काठमाडौं । हरेक वर्षको मंसिर र पुस निजामति कर्मचारीहरुलाई कार्यालयमा भेट्नका लागि समस्या हुने समय हो । त्यस्तै यो वर्ष पनि भएको छ । अहिले करिब दुई हजारभन्दा बढी सरकारी कार्यालयका प्रमुखहरु बिदामा वसेमा छन् ।

बढुवाको लागि हुने परीक्षाको तयारी गर्न र अधिकृतस्तरका मात्रै करिब दुई हजार कर्मचारी विदामा वसेका छन्  । अझ कतिपय त बिदा नलिएका कर्मचारी समेत कार्यालयमा हाजिर मात्रै गरेर र्फकने गरेका पनि भेटिन्छन् । लोकसेवा आयोगले अहिले विभिन्न सेवा समूहको सहसचिव पदको परीक्षा लिँदै छन् । गत मंसिरदेखि सुरु भएको परीक्षा सहभागी हुन जिल्लादेखि केन्द्रसम्म कार्यरत उपसचिव र अधिकृतस्तरका करिब दुई हजार निजामती कर्मचारी परीक्षाको तयारीमा छन् ।

उनीहरु बिदा वस्न थालेपछि मन्त्रालय, विभाग तथा विभिन्न निकायको कामकाज प्रभावित हुन थालेको छ । कर्मचारीहरु बिदामा वसेपछि सेवाग्राही मर्कामा परेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 

]]>