देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आफूमाथि कालोमोसो दल्नेलाई रिहा गर्न लोकमानको आग्रह

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले बिहीबार आफूलाई दुव्र्यवहार गर्ने दुई युवालाई रिहा गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् । 

निलम्बित प्रमुख आयुक्त कार्कीले आज एक प्रेस विज्ञप्तिमार्फत सो आग्रह गरेका हुन् । सर्वोच्च अदालतमा तारिख लिन जाने क्रममा आफूमाथि दुव्र्यवहार भएको भन्दै कार्कीले हिरासतमा लिइएका व्यक्ति जोसुकै भए पनि ती कसैबाट परिचालित मात्रै भएको र वास्तविक व्यक्ति पर्दा पछाडि रहेको बताएका छन् । 

आफूविरुद्ध विगत केही महिनादेखि प्रहार भइरहेको भन्दै उनले विभिन्न प्रकारका षड्यन्त्रमूलक योजना बनाउनेहरु कानुन र प्रहरीको नियन्त्रणमा तत्काल आउने सम्भावना कम रहेकाले पक्राउ परेका दुई युवालाई छाडिदिन आग्रह गरेका हुन् । 

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)का कार्यकर्ताले निलम्बित प्रमुख आयुक्त कार्कीलाई बिहीबार सर्वोच्च अदालत परिसरमा नै दुव्र्यवहार गरेका थिए ।

]]>