देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीको लाज छोप्दै सभामुख

देशान्तर

काठमाडौं । मुख्य विपक्षी दल नेकपा एमालेको हठ र प्रधानमन्त्री पुष्पकमल दाहालको हेलचेक्रयाइका कारण बन्धक बन्दै आएको संसद्लाई सुचारु गर्नका लागि सभामुख ओनसरी घर्तीले तेस्रो पटक प्रयास थालेकी छन् । संसद बैठक सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति कायम हुन नसकेपछि आइतबारको लागि तय भएको संसद् बैठक मंगलबारसम्मका लागि स्थगित गरेर सभामुख घर्तीले सोमबार संसद्मा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको बैठक आह्वान गरेकी छन् ।  

लामो समयदेखि संसद् अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुने विषयलाई सरकारका प्रमुख प्रधानमन्त्री र मुख्य विपक्षी दल  नेकपा एमाले जिम्मेवार नभई रहेको अवस्थामा सभामुख घर्तीले थोरै भए पनि जिम्मेवारीबोध गरी सहमतिको प्रयास थालेकी छन् । उनले जिम्मेवारीबोध गर्नेमात्र हैन सरकार र विपक्षी दलको लाज ढाकिदिने कामसमेत गरेकी छन् ।

उनले दलहरूसँग संसद् खुलाउनका लागि छलफल गरेको यो तेस्रो पटक हो । यसभन्दा अगाडि सभामुख घर्तीले मुुख्य तीन दलका शीर्षनेताहरूसँग सामूहिक र अलगअलग छलफल गरिसकेकी छन् । सत्तारूढ दल र प्रमुख प्रतिपक्षी एमालेबीच सदन खुलाउने विषयमा सहमति जुट्न नसकेपछि बैठक मंगलबारसम्म स्थगित भएको हो ।

संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने भन्दै एमालेसहित सात दलले संसद् अवरोध गर्दै आएका छन् । सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच सदन खुलाउने विषयमा हालसम्म छलफल हुन सकेको छैन । दलहरूबीच संवादहीनताको अवस्था भएपछि सभामुख ओनसरी घर्तीले व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने सात दलका शीर्ष नेताको बैठक सोमबारलाई बोलाएकी छिन् । उनले ११ गते अपरान्ह ३ बजे नयाँबानेश्वरस्थित संसद् भवनमा बैठक बोलाएकी छन् । 

 

]]>