देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

६२ बर्षपछि नेपाल प्रहरीको कीर्तिमान

देशान्तर

काठमाडौं । भारतसहित चार देशका प्रहरीको संयुक्त तालिममा पहिलोपटक नेपाल प्रहरीका एक प्रहरी निरीक्षकले बाह्य प्रशिक्षणको ‘बेस्ट अवार्ड’ हात पारेका छन् ।

६२ वर्षे इतिहासमा पहिलोपटक प्रहरी निरीक्षक रघु विष्टले सो अवार्ड हात पारेका हुन् ।  हरेक वर्ष इन्डियन पुलिस सर्भिसमा नेपाल प्रहरीका तर्फबाट पाँच प्रहरी निरीक्षक सहभागी हुँदै आएका छन् । सो तालिम भारतको हैदराबाद तालिम केन्द्रमा सञ्चालन हुने गर्छ छ ।

गत वर्षको जनवरीदेखि अक्टोबर अन्तिमसम्म चलेको सो तालिममा नेपालका तर्फबाट प्रहरी निरीक्षकहरू रघु विष्टसहित विकास बम, कमल बेल्वासे, यामकुमार श्रेष्ठ र चेतना पोखरेल सहभागी थिए ।जसमध्ये विष्ट एक्लैले ६ वटा बाह्य प्रशिक्षण पदक हासिल गरेका हुन् ।

सो तालिममा नेपालका अतिरिक्त भारत, माल्दिभ्स, भुटानका प्रहरी अधिकृतहरू पनि सहभागी थिए । आजको राजधानी दैनिकमा समाचार छ । 

]]>