देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज प्रमुख दलका शीर्ष नेताको बैठक

देशान्तर

काठमाडौं । राजनीतिक गतिरोध अन्त्य गर्ने लक्ष्यका साथ सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक आह्वान गरेकी छन्। व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा प्रमुख तीन राजनीतिक दलका अतिरिक्त संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलका नेतालाई समेत निमन्त्रणा दिइएको छ।  बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्, राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टीका शीर्ष नेतालाई बोलाइएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए।

संविधान संशोधन विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद् अवरुद्ध गर्दै आएको छ। यसले गर्दा निर्वाचनसँग सम्बन्धित विधेयक अलपत्र परेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको महाअभियोगको प्रस्तावसमेत अगाडि बढ्न सकेको छैन। त्यसैले सदनलाई अवरोध गर्नु जायज नभएको भन्दै सदन खुलाउने विषयमा छलफल गर्न सभामुखले पहल गरेको शर्माले बताए। लगातार सदन अवरुद्ध हुनु जनताको आवाज अवरुद्ध गरेजस्तै हुने भन्दै सभामुखले विधि र प्रक्रियामा विश्वास गरेर अगाडि बढ्न दललाई आग्रह गरेकी छन्।

सरकारले सदनमा संविधान संशोधनको प्रस्ताव अगाडि बढाएपछि एमालेले लगातार सदनको कारबाही अवरुद्ध गर्दै आएको छ। एमालेलगायतका दलका अवरोधका कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेका छैनन्। 

]]>