देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चिसो बढेपछि महोत्तरीका विद्यालय एकहप्ताका लागि बन्द

देशान्तर

महोत्तरी । अत्यधिक रुपमा बढ्दै गइरहेको शीतलहर एवम् बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएपछि जिल्ला शिक्षा कार्यालय महोत्तरीले एक हप्ताका लागि सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ । 

पछिल्लो समयमा आएर बाक्लो हुस्सु एवम् शीतलहरका कारण जिल्लाभरिको जनजीवन नराम्ररी प्रभावित भएपछि जिल्ला शिक्षा कार्यालय महोत्तरीले आगामी पुस १७ गते आइतबारदेखि पुस २२ गते शुक्रबारसम्म एक हप्ताका लागि बिदा दिने निर्णय गरेको हो । 

जिल्लास्थित विभिन्न शिक्षक सङ्घसङ्गठनको आग्रह एवम् अत्यधिक रुपमा चिसोपनका कारण स्थानीयस्तरमा जनजीवन नराम्ररी प्रभावित भएपछि बिदा दिइएको शिक्षा कार्यालय महोत्तरीले जनाएको छ । 

पछिल्लो समयमा आएर विद्यार्थीलाई कठ्याङ्ग्रिँदै विद्यालयसम्म आउनका लागि बाध्यता भएपछि सो अवधिको बिदा जिल्लाको हरेक निजी तथा सामुदायिक विद्यालयमा लागू हुने गरी नियमित रुपमा बिदा दिइएको जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले बताए ।

]]>