देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सांस्कृतिक सङ्घको महाधिवेशन माघमा

देशान्तर

काठमाडौं । नेपाल सांस्कृतिक सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आगामी माघ ७ देखि ९ गतेसम्म हेटौँडामा हुने भएको छ । 

नेपाली काँग्रेसको शुभेच्छुक संस्था रुपमा विसं २०६३ मा स्थापना भएको सङ्घले ‘सांस्कृतिक क्षेत्रको सम्मान, सुरक्षा र पहिचान’ भन्ने नाराका साथ दोस्रो अधिवेशन हेटौँडामा गर्न लागेको हो । 

सङ्घका अध्यक्ष तीर्थबहादुर थापाले ६५ जिल्लाको अधिवेशन गरिसकिएकाले बाँकी जिल्लाको पनि छिट्टै अधिवेशन सम्पन्न गरी महाधिवेशन गर्न लागिएको जानकारी दिए । 

महाधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लामा लमजुङ, स्याङ्जा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, गुल्मी, सुर्खेत, महोत्तरी र धनुषा रहेका छन् । 

महाधिवेशनका लागि पुस २३ गते सङ्घको केन्द्रीय समितिको बैठक राखिएको र उक्त बैठकबाट अनुमोदन गराएर महाधिवेशनमा जाने तयारी गरेको अध्यक्ष थापाले बताए । 

महाधिवेशनमा जिल्ला सभापति ७५, क्षेत्रीय सभापति २४०, प्रत्येक जिल्लाबाट छ जना महाधिवेशन प्रतिनिधिका दरले ४५०, विधागत समूहबाट ४९, केन्द्रीय समितिबाट ७१ र सभापतिबाट मनोनीत २१ गरी ९०६ जना महाधिवेशन प्रतिनिधिको सहभागिता रहने थापाले बताए । 

सङ्घभित्र नाटक, चलचित्र, सङ्गीत, लोकसङ्गीत, नृत्य, ललितकला, भाषा–साहित्यलगायतका विभाग रहेका छन् ।

]]>