देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद्मा विपक्षी दलको अवरोध कायमै

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०लगायतका दलहरुको अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक पनि अवरुद्ध भयो । 

सदनको कारबाही सुरु हुने बित्तिकै नेकपा एमालेका सांसद वैजनाथ चौधरीले प्रदेश नं ५ को सीमाङ्कनका लागि भन्दै दर्ता गराइएको संविधान संशोधन प्रस्ताव जनताको भावनाअनुसार नभएको बताए । 

उनले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावको विपक्षमा सत्तारुढ दलका सांसदसमेत रहेको भन्दै सो प्रस्ताव अगाडि नबढाउन आग्रह गरे । ५ नं प्रदेशलाई टुक्र्याउने प्रस्ताव अर्कै उद्देश्यका लागि ल्याइएकाले त्यो प्रस्ताव फिर्ता नहुँदासम्म सदन चल्न नसक्ने उनको कथन थियो । 

उनको सो धारणालगत्तै नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चालगायतका दल सम्बद्ध सांसदले उभिएर विरोध जनाएका थिए । 

सभामुख ओनसरी घर्तीले पटक पटक आशन ग्रहण गर्न आग्रह गर्दासमेत विपक्षी दलका सांसदले कुनै सुनुवाइ गरेनन् । सदनको आजको बैठकको कार्यसूचीमा स्थानीय तह निर्वाचन विधेयक, २०७३, स्थानीय तह निर्वाचन (कसुर तथा सजाय) विधेयक, २०७३ नेपालको संविधान (दोस्रो संशोधन), २०७३ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख निर्वाचन आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोगको प्रस्तावमाथि छलफल गराउने कार्यसूची रहेको थियो । 

व्यवस्थापिका–संसद्को अर्को बैठक यही पुस १८ गते सोमबार मध्याह्न १३ः०० बजे बस्नेछ । 

]]>