देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वरिष्ठ नेता पौडेललाई अमेरिकी राजदूत टेप्लिजले भेटिन्

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिजबीच पौडेल निवास बोहराटारमा आज भेटवार्ता भएको छ । 

नेपाल अमेरिकाबीचको द्विपक्षीय हित र आपसी चासोका विषयमा उनीहरुका बीच कुराकानी भएको थियो । 

कुराकानीका क्रममा वरिष्ठ नेता पौडेलले राजनीतिक दलको सहमतिमा संविधान कार्यान्वयन भइरहेको र संशोधनको प्रक्रिया समेत अगाडि बढेको राजदूत टेप्लिजलाई जानकारी गराएको भेटपछि वरिष्ठ नेता पौडेलले जानकारी दिए । 

उनले दलहरुका बीचमा आपसी सहमति र सहकार्यमा विभिन्न तहका निर्वाचन सम्पन्न गर्न समेत लागिरहेको राजदूत टेप्लिजको एक जिज्ञासामा बताएका थिए । 

राजदूत टेप्लिजले नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा अमेरिकी सरकारले नेपाललाई निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा थप सहयोग प्रदान गर्न इच्छुक रहेको अवगत गराएकी थिइन् ।

]]>