देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्री गिरीले आगलागी प्रभावित क्षेत्रको निरीक्षण गरे

देशान्तर

सङ्खुवासभा । सिँचाइ मन्त्री दीपक गिरीले मादी नगरपालिका–४ मा आज आगलागी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । 

निरीक्षणका क्रममा मन्त्री गिरीले अग्निपीडित परिवारलाई पुनर्वासको व्यवस्थाका लागि पहल गर्ने आश्वासन दिए । 

गएको सोमबार उक्त ठाउँमा आगलागी भई स्थानीयवासी नरेन्द्र गुरुङ, भुवन जिमी, गोपाल जिमी, सुरेश जिमी, बलबहादुर जिमी, रामबहादुर जिमी र मोहनमणि दाहालको घर जलेको थियो । 

आगलागीबाट पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गौतम कुमार केसीले बताए । 

अग्निपीडित परिवारलाई बुधबार सांसद दीपक खड्काले जनही रु १५ हजारका दरले सहयोग उपलब्ध गराएका थिए । 

आजै, मन्त्री गिरीले सदरमुकाम खाँदबारीमा नेपाली काँग्रे्रसको पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट समेत गरे । भेटघाटका क्रममा उनले पार्टीलाई एक ढिक्का बनाएर लैजाने वचनबद्धता प्रकट गरेका थिए । 

सरकार २०७४ सालभित्र तीनै तहको निर्वाचन सम्पन्न जुटिरहेको बताउँदै उहाँले सबै पार्टी कार्यकर्तालाई चुनावका लागि तयार रहन आग्रह गरे ।

]]>