देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कल बाइपासमा श्रीलंकाली नागरिकसमेत सक्रिय

देशान्तर

काठमाडौं । नेपालबाट हुने गरेका अवैध कल बाइपासमा श्रीलंकाली नागरिकसमेत सक्रिय रहेको खुलेको छ । यसअघि अवैध कल बाइपासमा बंगलादेशी, भारतीय र चिनियाँ नागरिक सक्रिय भएको पाइएको थियो । ल्यान्डलाइनमार्फत भएको कल बाइपासको अनुसन्धानमा श्रीलंकाली नागरिकको समेत संलग्नता देखिएको हो ।

नेपाल टेलिकमको अप्टिकल फाइबरमार्फत अवैध कल बाइपास गरेको आरोपमा रविराज सिंह पक्राउ परेपछि श्रीलंकालीको संलग्ना खुलेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सिंहलाई पक्राउ गरी उनलाई श्रीलंकाली नागरिकले सघाएको विवरण सार्वजनिक गरे पनि अन्य कुनै विवरण खुलाएको छैन । स्रोतका अनुसार ब्युरोले सिंहलाई तिहारअगाडि नै पक्राउ गरे पनि गोप्य राखेको थियो । तिहारपछि मात्रै ब्युरोले विज्ञप्ति जारी गरी सिंहलाई पक्राउ गरिएको विवरण सार्वजनिक गरेको हो ।

ब्युरोका अनुसार श्रीलंकाली नागरिक नेपाल आई अवैध कल बाइपासका उपकरण जडान गरेर श्रीलंका फर्केपछि मात्र सिंहले कल बाइपास सुरु गरेका थिए । यसअघि गिरोहले भीओआईपी र जीओआईपी प्रविधि प्रयोग गरी मोबाइल सिमबाट कल बाइपास गर्दै आएका थिए । सिंहको पक्राउपछि ल्यान्डलाइन समेत पुनःप्रयोग हुन थालेको देखिएको हो । कान्तिपुर दैनिकमा समाचार छ । 

]]>