देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजदूत दीपकुमार यसै साता दिल्ली जाँदै

देशान्तर

काठमाडौं । दोस्रो पटक भारतका लागि नेपाली राजदूत नियुक्त भएका कांग्रेस नेता दीपकुमार उपाध्याय पदभार सम्हाल्न यसै साता दिल्ली जाने भएका छन् । उनी आउँदो बुधबार ( कात्तिक २४ गते) भारत  जाँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूत उपाध्यायलाई राजदूतमा नियुक्त गरेकी हुन् । राजदूत उपाध्यायलाई मन्त्रिस्तरको कूटनीतिक दर्जा दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

राजदूत उपाध्याय दिल्ली पुगेर भारतका राष्ट्रपति प्रणव मुखर्जी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने छन् । यसअघि नेपाली कांग्रेसका सभापति सुशील कोइराला नेतृत्वको सरकारले उपाध्यायलाई भारतका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । 

कांग्रेस नेतृत्वको सरकारपछि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको छ । चार वर्षमध्ये एक वर्ष ५ दिन मात्र कार्यकाल बित्दा उनीमाथि सरकारले विभिन्न आरोप लगाउँदै फिर्ता बोलाउने निर्णय गरेको थियो ।

 

]]>