देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिल्लीमा सभापति देउवा राजनीतिक भेटवार्तामा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पाँच दिन भारत भ्रमणका लागि शुक्रबार त्यसतर्फ गएका छन् । भारतको गोवामा हुने इन्डिया फाउन्डेसनले आयोजना गर्ने ‘इन्डिया आइडियाज कनक्लेभ’ नामक कार्यक्रममा सहभागी हुन देउवा भारत गएका हुन् । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी निकट रहेको फाउन्डेसनले गरेको कार्यक्रममा सभापति देउवाले शुक्रबार नै सम्बोधन गरेका छन् । कार्यक्रममा विभिन्न क्षेत्रका झन्डै तीन सय व्यक्ति सहभागी हुने कार्यक्रम रहेको छ । गोवाको कार्यक्रममा भाग लिएर देउवा शनिबार दिल्ली फर्कने छन् । 

भ्रमणमा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, भाजपा अध्यक्ष अमित शाह, प्रतिपक्ष कांग्रेस नेतृ सोनिया गान्धीसहितका भारतीय नेताहरूलाई भेट्ने कार्यक्रम छ । देउवाले गोवामा स्वामी तेजो महानन्द, रेलमन्त्री सुरेश प्रभु, भाजपा अध्यक्ष अमित शाहसँग भेट्ने कार्यक्रम तय भइसकेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार देउवा सहभागी हुने भारतको कार्यक्रम पहिल्यै तय भएको हो तर राजनीतिक भेटघाटहरू भने विस्तारै तय हुदैजानेछ । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको राजकीय भ्रमण सकेर दिल्ली फर्किने दिन नै देउवा दिल्ली गएका हुन् । 

देउवाले आज (आइतबार) जवाहरलाल नेहरू विश्वविद्यालयमा हुने कार्यक्रममा देउवाले प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । राजनीतिक भेटघाट सकाएर देउवा २३ कात्तिक मध्यान्ह १२ बजे नेपाल फर्किनेछन् । देउवाको भ्रमण टोलीमा पत्नी आरजू पनि सहभागी छिन् । 

मधेसवादी दलहरूको माग सम्बोधन गर्न संविधान संशोधनको तयारी भइरहेका बेला वर्तमान गठबन्धनको मुख्य पार्टीका सभापतिको भारत भ्रमणलाई निकै अर्थपूर्ण रूपमा लिइएको छ । २०७२ मा साउनमा पनि देउवाले पाँचदिने दिल्ली यात्रा गरेका थिए । भूकम्पपछि प्रमुख चार राजनीतिक दलहरूका बीचमा जेठमा १६ बुँदे सहमति भएपछि संविधान जारी गर्ने बेलामा देउवाले गरेको सो भ्रमण भएको थियो । देउवाले गत वैशाख ६ गते पनि चारदिने दिल्ली भ्रमण गरेका थिए । सो समयमा देउवा पत्नी आरजू देउवाको उपचार गर्न उनी दिल्ली गएका थिए । 

 

]]>