देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संसोधन हुँदैन भन्नु अतिवाद : मन्त्री लेखक

देशान्तर

बैतडी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नु हुँदैन भन्नु अतिवाद भएको बताएका छन् । 

मन्त्री भएपछि पहिलोपटक जन्मथलो बैतडी आइपुगेका लेखकले आइतबार पाटनमा नेपाली काँग्रेस बैतडीद्वारा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै असन्तुष्ट पक्षलाई समेटेर संविधानलाई सबैको साझा सम्पत्तिका रुपमा स्थापित गराउन सरकार लागि परेको बताए । 

“संविधान कागजको खोष्टा हो, यो संशोधन हुँदैन भन्ने विचार वर्तमान अवस्थामा उठेकाले त्यो खतरनाक अतिवाद हो,” उनले भने । उचित परिमार्जन गरी संविधानको सर्वस्वीकार्यता बढाउन नेपाली काँगेस लागिपरेको मन्त्री लेखकको भनाइ थियो । 

स्थानीय तहको निर्वाचन समयमै हुने दाबी गर्दै उहाँले कार्यकर्तालाई तयार रहन निर्देशन दिए । मन्त्री लेखकले ७ नं प्रदेशलाई उत्तर–दक्षिण सडक सञ्जाल जोडे समग्र प्रदेशको आर्थिक उन्नति हुने बताए ।

]]>