देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तातोपानी नाका खुल्न अझै दुई वर्ष लाग्ने

देशान्तर

काठमाडौं । भूकम्पपछि बन्द रहेको नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी सञ्चालन हुन अझैं दुई वर्ष लाग्ने भएको छ । तातोपानी नाका सञ्चालन हुने कि नहुने भन्ने अन्योल रहेको बेला चिनियाँ पक्षले सञ्चालन गर्ने बताए पनि अझै दुई वर्ष कुर्नुपर्ने भएको छ ।

चीनसँग सीमा जोडिएका तीन जिल्लाका अधिकारीहरुसँगको भेटमा चीन तातोपानी नाका सञ्चालन गर्न तयार भए पनि भौतिक संरचना निर्माण नहुँदासम्म भने नाका सञ्चालन गर्न नसक्ने प्रष्ट पारेको छ ।

सीमा जोडिएका सिन्धुपाल्चोक, दोलखा र रसुवा जिल्लाका अधिकारीसँगको भेटमा चिनियाँ अधिकारीहरुले आफूहरु तातोपानी नाका सञ्चालन गर्न तयार रहेको बताएका थिए ।आजको राजधानी दैनिकमा समाचार छ ।

]]>