देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालका गतिविधिप्रति चीनको गम्भीर आपत्ति

देशान्तर

काठमाडौं । सरकार र प्रमुख दलका शीर्ष नेताका क्रियाकलापप्रति गम्भीर असन्तुष्टि जनाउँदै छिमेकी चीनले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहे÷ नरहेको बारे नेपाल सरकारसँग जवाफ मागेको छ। केपी शर्मा ओली नेतृत्व सरकार परिवर्तसँगै नेपालप्रति सशंकित बनेको चीनले सरकर र नेपाली नेताका पछिल्ला गतिविधिप्रति खुलेर आपत्ति जनाएको छ ।

‘नेपालको प्रतिवद्धता जनाउँदै आएको एक चीन नीतिप्रति चीनले शंका गरेको छ’, सरकारी उच्च स्रोतले भन्यो,‘सरकार र शीर्ष दलका नेताका गतिविधिप्रती चीनले शंका व्यक्त गर्दै एक चीन नीतिप्रति नेपालको धारणा मागेको छ ।’

स्रोतका अनुसार काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयसँग सरकार र नेताका गतिविधिप्रति असन्तुष्टि जनाउँदै एक चीन नीतिप्रति नेपालको धारणा मागेको छ।
चीनले नेपालभित्र ‘चीनविरोधी गतिविधि गर्न दिइएको’ भन्दै त्यसमा असन्तुष्टिसमेत जनाएको छ ।

छिमेकी राष्ट्रविरुद्ध आफ्नो भूमिमा कुनै पनि गतिविधि हुन नदिने विदेश नीति र चीनलाई हेर्न दृष्टिकोण नेपालको फेरिएको हो भन्दै चीनले स्पष्ट पार्न परराष्ट्रमार्फत आग्रह गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

]]>