देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस सभापति देउवा र भारतिय प्रधानमन्त्री मोदी भेटवार्ता

देशान्तर

काठमाडौं । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्त हुने भएको छ ।  नयाँदिल्लीको साउथ ब्लकमा बिहान १० बजेर ४० मिनेटमा भेटवार्ताको हुने छ । यसअघि आइतबार भेट हुने भनिए पनि भारतीय प्रधानमन्त्री मोदीको व्यस्तताका कारण हुन सकेको थिएन ।

देउवाले सोमबार बिहान भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीसँग भेटवार्ता गरेका थिए । नेता कोसियारीले ट्विट गर्दै देउवासँग भारत र नेपालबीच मजबुद सम्बधबारे कुराकानी भएको उल्लेख गरेका छन् ।  यस्तै देउवाले भारतीय सुरक्षा सल्लाहकार अजित दोभालसँग डिनर भेटघाट गरेका छन् ।

कांग्रेस सभापति देउवा भारतीय जनाता पार्टीको थिंक ट्यांक संस्था इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन गोवा गएका थिए । देउवा जवाहरलाल नेहरु विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिद्वारा सम्मानित भएका थिए ।

]]>