देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी राष्ट्रपति पदका लागि मतदान आज

देशान्तर

काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन हुँदैछ। डेमोक्रेटिक पार्टीकी राष्ट्रपतिका उमेदवार हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्पबीच प्रतिष्पर्धा हुँदैछ। नेपाली समयानुसार पहिलो मतदान बिहान सवा १० बजे न्यु हेम्सायरको डिक्सविल नोचमा खसालिने छ। मतदान नोभेम्बर ९ को बिहान ६ बजेसम्म गरिनेछ।

मतदानको नजिता मंगलबार राति देखिनै आउन थाल्ने अन्तराष्ट्रिय संचार माध्यामहरुले जनाएका छन् । निर्वाचनमा जित हासिल गर्ने उम्मेदवारले आगामी २० जनवरीमा राष्ट्रपति भवन ह्व्हाइट हाउसमा आफ्नो कार्यभार सम्हालनेछ। अमेरिकी संविधानका अनुसार कुनै पनि राष्ट्रपति ८ वर्षभन्दा बढी समयका लागि राष्ट्रपति पदमा रहन सक्दैन। बाराक ओबामा लगातार दोस्रो पटक जित हासिल गर्दै ८ वर्षका लागि राष्ट्रपति भइसकेका छन्।

अमेरिकी राष्ट्रपति पदका लागि मतदाताहरूले अप्रत्यक्ष रुपमा मतदान गर्नेछन् । मतदाताले पहिले एक निर्वाचन मण्डललाई चुन्छन्। सोही निर्वाचन मण्डलले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्नेछ । अमेरिकी कांग्रेसका दुई वटा सदन छन्। प्रतिनिधि सदनमा ४३५ र सीनेटमा १०० सदस्य रहने व्यवस्था छ। कोलम्बियाको पनि मिलाउँदा कुल सदस्यको संख्या ५३८ हुन जान्छ। यही ५ सय ३८ सदस्यले राष्ट्रपतिको चयन गर्छन्।

जुन उम्मेदवारले २७० भन्दा धेरै भोट हासिल गर्छन्, त्यही उम्मेदवार अमेरिकाको राष्ट्रपति बन्ने गर्छ। बहुमत हासिल गर्नका लागि ५३८ मा २७० मत पाउनु आवश्यक हुन्छ। प्रचारमा पनि प्रतिष्पर्धा प्रचारको अन्तिम क्षणसम्म दुवै उम्मेदवारले आफूलाई जिताउन आग्रह गर्दै एक–अर्कोलाई व्यक्तिगत आक्रमण गर्न भने छोडेनन्।

]]>