देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शंशाकको अध्यक्षतामा सुशील कोइराला फाउन्डेसन स्थापना

देशान्तर

काठमाडौं । लोकतन्त्र र प्रजातान्त्रिक प्रक्रियाको संरक्षण र सुद्घीकरण गर्ने उद्देश्यले नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको स्मृतिमा सुशील कोइराला मेमोरियल फाउन्डेसन स्थापना गरिएको छ ।

फाउन्डेसनको संरक्षकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा रहेका छन् भने महामन्त्री डा शशांक कोइराला फाउन्डेशनको अध्यक्ष रहेका छन् । त्यसैगरी पार्टीका केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, चित्रलेखा यादव, एनपी साउद, राज्य व्यवस्था समितिका सभापति दीलबहादुर घर्ती, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलगायत सदस्य रहेका छन् ।

नेपालमा शान्ति, स्थिरता, स्थायित्व, संमृद्घ र समतामूलक सन्तुलन समाज प्रजातान्त्रिक दायराभित्र रहेर मात्र संभव छ भन्ने विपी कोइरालाको विचार र सिद्घान्तबाट प्रेरित भई फाउन्डेसन सञ्चालनमा ल्याइएको हो ।

फाउन्डेसनले राष्ट्रिय एकता, सद्भाव तथा सहमतिलाई प्राथमिकता दिने संस्थाका अध्यक्ष डा कोइरालाले जानकारी दिए ।

]]>