देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वराजा ज्ञानेन्द्र भारत यात्राका लागि आज सिंगापुर जाँदै

देशान्तर

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सिंगापुर हुँदै भारत भ्रमणमा यात्रामा निस्कने तयारीमा रहेका छन् । उनी केही दिन सिंगापुर बसेपछि भारत भ्रमणमा जाने तयारीमा छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाह निजी सचिव सागर तिमल्सिनाका साथ बुधबार साढे १२ बजे दूई सतासम्मका लागि सिंगापुर हुदै भारत भ्रमणमा जान लागेका हुन् । ज्ञानेन्द्र बुहारी हिमानीसहित भारत जाने छन् । हिमानी भने केही दिन पहिले नै सिंगापुर गाइसकेकी छिन् । 

दशै लगत्तै शाहका निजी सचिव तिमल्सिनाले नयाँ दिल्ली पुगेर भ्रमणको मिति तय गरेका थिए । पछिल्लो समय राजनीतिक दलहरुप्रति विभिन्न प्रश्न गरेका ज्ञानेन्द्रले कात्तिक ४ देखि ६ गतेसम्म राजधानीमा सम्पन्न तेस्रो अन्तराष्ट्रिय विराट हिन्दू सम्मेलनमा पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै निषेधको राजनीतिले बिद्रोह जन्माउने अभिव्यक्ति दिएका थिए ।

]]>