देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल वायुसेवाको नयाँ जहाज आउने पक्का

देशान्तर

काठमाडौं । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा नयाँ जहाज ल्याउने पक्कापक्की भएको छ । कुनै अनर्थ नभएमा अब अन्तर्राष्ट्रिय उडानका लागि वायु सेवाका दुई नयाँ जहाज आउने निश्चित भएको हो । वायु सेवा निगमले अन्तराँष्ट्रिय उडानका लागि दुईवटा नयाँ एयरबस खरिदका लागि आह्वान गरेको बोलपत्रमा ११ वटा कम्पनीले चासो देखाएका छन् । एयरबस खरिदका लागि युरोपसहित अमेरिका तथा दुबईका विभिन्न ११ वटा कम्पनीले आवेदन गरेका हुन् ।  

टेन्डर मूल्यांकन कमिटीले आवेदन दिने कम्पनीको आर्थिक, प्राविधिकलगायतका पाटाहरू मूल्यांकन गरेरमात्रै कम्पनी छनोट गरिनेछ । निगमले ४५ दिनको समय दिएर सेप्टेम्बर २६ मा नयाँ एयरबस खरिदका लागि बोलपत्रको सूचना प्रकाशन गरेको थियो । निगमले ए ३००–२०० एयर बसका लागि एयरबस, एयरलाइन्स कम्पनीहरू र विमान भाडामा लिएका कम्पनीहरूले टेन्डर भर्न सक्ने गरी बोलपत्र आह्वान गरेको थियो । 

नेपाल सरकार जमानी बसेपछि कर्मचारी सञ्चयकोषले वायु सेवा निगमलाई २५ अर्ब रुपैयाँ ऋण दिने तयारी गरेपछि वायु सेवाले नयाँ जहाज किन्ने प्रक्रिया अगाडि बढाएको थियो । निगमले झन्डै २६ अर्ब रुपैयाँ खर्च गरेर विमान गरिद गर्ने तयारी गरेको थियो । निगमले खरिद प्रक्रियाका सबै काम सकेर अर्को असोजमा पहिलो र चैतमा अर्को विमान ल्याइसक्ने लक्ष्य राखेको छ । नयाँ विमान आएसँगै नयाँ गन्तव्यको उडानको लागि समेत निगमले तयारी गरिरहेको छ । निगमले नयाँ एयर बस खरिद गरेपछि कोरिया, जापान तथा साउदी अरबमा समेत सीधै उडान गर्ने लक्ष्य राखेको छ ।

 

]]>